मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाविरुद्धको ४० लाख खोप इँटाभट्टामा जलाइने

कोरोनाविरुद्धको ४० लाख खोप इँटाभट्टामा जलाइने

अपि टाइम्स

काठमाण्डौ । कोरोना भाइरस विरुद्धको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि सरकारले विसर्जन अर्थात् ‘डिस्पोजल’ को तयारी गरेको छ ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरि म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसर्जन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको जानकारी दिए ।

बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएको उनको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले साइनोभ्याक खोप नलगाउने निर्णय गरेको थियो ।

बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने तथा पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि खोपको प्रयोग नभएको बताइन् ।