मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कान्तिरपुरले राति १० बजे फोन गरेर टर्चर दिन्छः रवि लामिछाने

कान्तिरपुरले राति १० बजे फोन गरेर टर्चर दिन्छः रवि लामिछाने

अपि टाइम्स

काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कान्तिपुरले राति फोन गरेर टर्चर गरेको बताएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै लामिछानेले १ करोड ८० लाख काण्ड एकदिन भए पनि रोक्न आग्रह गरेको तर कान्तिपुरले प्रकाशनको लागि हतार गरेको बताए ।

उनले भने ‘सधैँ राति १० बजे फोन आउँछ । सधैँ टर्चर हुन्छ । थाहा नभएका कुरा सोध्नुहुन्छ । पर्खनुस् भन्दा पनि उहाँहरुले पर्खनु भएन । मैले १ करोड ८० लाख लिएको कुरा झुट हो ।’

सधैँ आक्रामक रुपमा प्रस्तुत हुने लामिछाने सोमबार भने शान्त स्वभावमा प्रस्तुत भएका थिए । उनले तरुन्तै सार्वजनिक भएर बचतकर्ताको रकम फिर्ता गर्न पनि उनले आग्रह गरेका छन् । उनले जिबी रार्य जहाँ भए पनि बचतकर्ताको रकम फिर्ताको लागि आग्रह गरे । उनले भने ‘जिबी राईजी तपाईं जहाँ, संसारको जुन कुनामा हुनुहन्छ, मकै पोलेर भारी बोकेर जम्मा गरेका छन्, तिनको बचत जस्ताको तस्तै ब्याजसहित फिर्ता गरिदिनूहोस्, सरकारसँग सहकार्य गर्नूहोस्, सार्वजनिक हुनूहोस्,’।

सरकारले जिबी राई र उनका साथीहरूलाई किन नसमातेको भन्दै प्रश्न गरे। सहकारी पीडितहरूलाई आफूले भेटेर लडाइँमा उनीहरू हारे पनि आफू नहार्ने भन्दै ढाडस दिएको बताए।
लामिछानेले ग्लोबल आइएमई बैंकको आफ्नो बै‌ंक खातामा पैसा नै जम्मा नभएको दाबी गरेका गरे । उनले भने ‘एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन,’ ‘एक करोड ८० लाख जम्मा भयो भनेर पत्रिकामा छ। व्याख्या त कति हुन्छ हुन्छ तर यो न्याय भयो तरु’

सभापति लामिछानेले जिबी राई जोडिएको सहकारीको पैसा अपचलनमा आफूलाई जबरजस्ती मुछ्न खोजिएको भन्दै प्रष्टीकरणका लागि पत्रकार सम्मेलन आयोजना गरेका थिए।

उनले ग्यालेक्सी टेलिभिजनको गुडविल सेयर वापतको एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको बताए। एक करोड ८० लाख रुपैयाँको चेक जम्मा भएको देखिए पनि पैसा आफ्नो खातामा नआएको बताएका थिए।