मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघ २२ मा संघीय संसद् अधिवेशन

माघ २२ मा संघीय संसद् अधिवेशन

अपि टाइम्स

काठमाडौँ — सरकारले संघीय संसद्‌को हिउँदे अधिवेशन यही माघ २२ गते अपराह्न ४ बजे आहृवान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउने राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘२०८० माघ २२ गते ४ बजे संघीय सांसदको दुवै सदनको अधिवेशन आहृवान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ ।ु

अधिवेशनबाट सरकारले सत्य निरुपण तथा मेलमिला आयोग विधेयक, निजामती कर्मचारी सेवा, शिक्षालगायत विधेयक अघि बढाउने सरकारको तयारी छ ।

बजेट अधिवेशन असार १८ मा अन्त्य भएको थियो ।

प्रवक्ता शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा। असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइन् । राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि खाली थियो । उनले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड ९क० बमोजिम मनोनयन गर्ने निर्णय गरिएको प्रस्ट पारिन् ।

जापान सरकारबाट कोटेश्वर इन्टरसेक्सन इम्पूवमेन्ट आयोजना कार्यान्वयनको लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन ९करिब ३१ अर्ब २ करोड रुपैयाँ० बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय भएको उनले बताइन् ।