मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु उद्योग बाणिज्य संघको इतिहासमा पहिलोपटक स्वतन्त्र प्यानल

कपिलवस्तु उद्योग बाणिज्य संघको इतिहासमा पहिलोपटक स्वतन्त्र प्यानल

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको चुनावको लागि ‘स्वतन्त्र प्यानल’ पनि बन्ने भएको छ । संघको चुनाव इतिहासमा पहिलोपटक यसरी स्वतन्त्र ब्यक्तिहरुले प्यानल बनाउन लागेका हुन् ।

युवा ब्यवसायी लक्ष्मण कँडेलको नेतृत्वमा प्यानलको घोषणा भएको हो । माघ २३ गते हुने संघको अधिवेशनको लागि कँडेल अध्यक्षमा उम्मेदवार बनेका छन् भने वरिष्ठ उपाध्यक्षको अझै टुङ्गो लागेको छैन । प्यानलमा सहभागिहरु बाणगंगामा लामो समय उद्योग, ब्यापार, ब्यवसाय गर्ने ब्यक्तिहरु समावेश छन् ।

संघको महिला उपाध्यक्षमा सरस्वती सुवेदी जिसी अघि सर्दा उद्योग उपाध्यक्ष र वस्तुगत उपाध्यक्षमा क्रमश देवीलाल कँडेल र ज्ञान बहादुर थापा उम्मेदवार रहने ब्यवसायी बुद्धि सागर बेलबासेले जानकारी दिए । बेलबासे महासचिव पदको उम्मेदवार रहने बताइएको छ ।

यस्तै कोषाध्यक्षमा सरोज रेग्मीलाई अघि सारिएको स्वतन्त्र प्यानलका बेलबासेले अपिटाइम्सलाई जानकारी दिए । स्वतन्त्र प्यानल भनिए पनि उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध ब्यक्तिहरु हुन् । ट्रेड युनियनहरु नबनाउने पार्टीको विधानका कारण रास्वपाका नेताहरुले स्वतन्त्र प्यानल बनाएका बताइएको छ ।

बेलबासेका अनुसार प्यानलका अन्य उम्मेदवारको पनि चाँडै टुङ्गो लगाइने छ । सबै दलले सर्वसहमतिमा नेतृत्व निर्माण गर्न चाहे आफूहरु बाधक नहुने अध्यक्षका उम्मेदवार कँडेलले बताए । यससंगै उद्योग बाणिज्य संघमा दुई पार्टी र अध्यक्षका दुई स्वतन्त्र उममेदवारले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । काँग्रेसबाट गणेश बहादुर क्षेत्रीको प्यानल चुनावी मैदानमा छ भने एमालेबाट मोहन न्यौपानेको नेतृत्वमा प्यानल बन्दै छ । स्वतन्त्रतर्फबाट ब्यवसायी तथा प्राध्यापक रमेशचन्द्र भुसालले पनि अध्यक्षमा उठ्ने घोषणा गरिसकेका छन् । रास्वपाकै नेता मानिने भुसालले आफू पछि सरेर भए पनि कँडेलको नेतृत्व अघि बढेकाले सघाउने समाचार श्रोत बताउँछ ।