विराटनगर । राष्ट्रियसभा चुनावअन्तर्गत कोशी प्रदेशको विराटनगरमा जारी मतदान अन्तिम चरणमा पुगेको छ । अब ४ जनाले मात मतदान गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी तीर्थ भट्टराईले बताए ।
बिहान ९ बजेबाट सुरू मतदानमा धरानका मेयर हर्क साम्पाङ भने अहिलेसम्म देखिएका छैनन् । उनी अहिले वडाको एक कार्यक्रममा सहभागी छन् । यसपछि धरान वडा(५ स्वास्थ्यसम्बन्धी कार्यक्रममा जाने कार्यक्रम रहेको साम्पाङको सचिवालयले जनाएको छ । उपमेयर आइन्द्रविक्रम वेघा भने मतदानका लागि विराटनगरमा छन् ।
‘अहिलेसम्म विराटनगर जाने भन्नु भएको छैन । भोट हाल्न जानेरनजाने केही भन्नु भएको छैन । उहाँ धरानमै हुनुहुन्छ’, सचिवालयका एक सदस्यले नेपाल प्रेससँग भने ।
यता काठमाडौं महानगरपालिकामा पनि स्वतन्त्र जितेका बालेन्द्र शाह ९बालेन० मतदानमा सहभागी भएनन् । उपमेयर सुनिता डंगोल हेटौंडा पुगेपनि बालेन काठमाडौंमै छन् ।
साम्पाङ धरानमा स्वतन्त्ररूपमा विजयी भएका हुन् । हर्कले बेलाबेला देश विकास नहुनुमा राजनीतिक दल र नेताको दोष देखाउँदै आएका छन् ।
कोशीमा अहिलेसम्म प्रदेशसभाका सबै ९३ सांसदले मतदान गरिसकेका छन् । स्थानीय तहतर्फबाट भने ४ जनाले मतदान गर्न बाँकी रहेको भन्दै अधिकारीले ३ बजेसम्म पर्खिने बताए ।
कोशी प्रदेशमा राष्ट्रियसभाको निर्वाचनमा ५ जनाको उम्मेदवारी परेको छ । एमाले र राप्रपाका बीचमा तालमेल गरेर एमालेका परशुराम अधिकारीको उम्मेदवारी निष्क्रिय बनाइएको छ । एमालेले राप्रपाका उद्धव पौडेललाई र राप्रपाले एमालेकी रुक्मिणी कोइरालालाई सहमति भएको छ । सत्ता गठबन्धनबाट अन्यतर्फ कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । कोशीमा ९३ जना प्रदेश सभा सदस्य र २७४ जना प्रमुख उपप्रमुखले मतदान गर्ने छ ।
प्रतिक्रिया