मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु उद्योग बाणिज्य संघमा यस्तो छ निर्णायक मत (हेर्नुहोस् तथ्य)

कपिलवस्तु उद्योग बाणिज्य संघमा यस्तो छ निर्णायक मत (हेर्नुहोस् तथ्य)

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

काठमाडौँ । कपिलवस्तु जिल्लाकै सबैभन्दा ठुलो ब्यवसायिक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघको आठौँ अधिवेशन मिति माघ २३ नजिक आइरहँदा आगामी नेतृत्वलाई लिएर चुनावी सरगर्मी चर्को हुँदै गइरहेको छ ।
एकातर्फ सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ भने अर्कातिर चुनावी वातावरण पनि बनिरहेको छ । अध्यक्षका आकांक्षीहरु प्यानल बनाउन ब्यस्त छन् ।

उद्योग बाणिज्य संघको आगामी ३ बर्षको नेतृत्व कसले लिन्छ यसै भन्न सकिन्न । चुनावको चर्चामा आएका अध्यक्ष र पदाधिकारीका अन्य ब्यक्तिहरु आआफ्नो ढिपीबाट पछि नहट्ने र चुनाव भएरै छोड्ने स्थिति आउँदा नतिजा अप्रत्यासित र रोचक बन्ने निश्चित छ । त्यसैले जसले जित हासिल गरे पनि झिनो मतान्तरमा जित हार हुने एक खालको विश्लेषण छ ।

अध्यक्षको उम्मेदवारको रुपमा रहेका एमालेका मोहन न्यौपाने, काँग्रेसका गणेश बहादुर क्षेत्री, स्वतन्त्र प्यानलका लक्ष्मण कँडेल र अर्का स्वतन्त्र रमेश चन्द्र भुसाल कोहीभन्दा कोहि कम छैनन् । ब्यक्तिक हिसाबले सबै अध्यक्ष बन्ने खालका नै छन् । तर चुनाव भएपछि जित्ने एक समुहले हो । त्यो जित्ने समुहले कसरी जित्न सक्छ त्यो हेर्न भने बाँकी छ । समग्र प्यानल कस्तो बन्छ, प्रचार कसरी हुन्छ, एजेण्डा कसको के हुन सक्छ, बयवसायीसंगको उनीहरुको निकटता, निस्कलंक छवि कसको कस्तो छ ? त्यसले पनि जितको आधार तय गर्ला यद्यपी सबैले आआफूले जित्ने दावी गरिरहेका छन् । तर उनीहरुको सोझो हिसाबको दावी अनुसार मतपरिणाम आउने छाँट भने देखिन्न ।

संघको आगामी नेतृत्वको भविष्यबाणी गर्दा एउटा यस्तो पक्ष छ जो जितको कारक बन्न सक्छ । त्यो भनेको संघको सदस्यमा संख्याको हिसाबले तेश्रो हैसियत राख्ने माओवादी मत र संघबाट फुटेर गएको उद्योग ब्यापार संघ कपिलवस्तुका सदस्य कता लम्बन्छन् या कसलाई मत खसाल्छन् ?

अब लागौँ विश्लेषतर्फ
समाचार श्रोत अनुसार संघमा आवद्ध २ हजार ८० सदस्यमध्ये सबैभन्दा धेरै एमाले, त्यसपछि काँग्रेस अनि तेश्रोमा माओवादी मत छ । अहिलेको रास्वपानिकट, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतमा निकट मानिने मत पनि छन् । २ हजार ८० मा चार सय ५० मतदाता नयाँ सदस्य हुन् ।

माओवादीका बाणगंगाका जिम्मेवार नेताको दावी अनुसार संघमा साढे तिन सय माओवादीको मत छ । तर उद्योग बाणिज्य संघका हालका एक पदाधिकारीे दावी अनुसार साढे ३ सय होइन संघमा दुई सय हाराहारीमा माओवादी मत छन् । स्वतन्त्र, अरु साना ठुला दलको गरेर एक सय मत होला उनी थप्छन् बाँकी एमाले र काँग्रेसकै मत छन् । यसमा पनि एमाले मत करिब सय, डेढ सय बढी होला ।

ती पदाधिकारीको अनुमानित हिसाबलाई आधार मान्दा २ हजार ८० मा माओवादी २ सय, साना ठुला दलको १ सय मत छ । यस्तो समिकरणमा काँग्रेस र एमालेको अब १७ सय ८० मत रहने भयो । १७८० लाई काँग्रेस र एमालेलाई आधाआधा बाँड्दा ८ सय ९० हुन्छ । ती ब्यक्तिको भनाई अनुसार एमालेमा डेढ सय जोड्दा संघमा एमालेको मत १०४० र काँग्रेसको ८ सय ९० रहेको देखिन्छ ।

एमाले नेता तथा संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेलले संघमा आफूहरुको ११ सय मत रहेको बताउँछन् । यता काँग्रेस नेता, पूर्वअध्यक्ष यज्ञप्रसाद भट्टराईको दावीमा संघमा काँग्रेसको ९ सय र केहि धेरै मत छ । यो दावी अनुसार पनि अपिटाइम्सको विश्लेषणात्मक तथ्यांकले मेल खान्छ । यी तथ्यमा थोरै तलमाथि हुन सक्छ ।

यता स्वतन्त्र उम्मेदवार लक्ष्मण कुँडेलले राम्रो नतिजा ल्याउँछन् या मत काट्छन् ? काटे भने पनि कसको काट्छन् केहि भन्न सकिन्न । रास्वपानिकट मानिने दुवै जना नै अन्तिमसम्म मैदानमा रहे पनि उनीहरुलाई नै घाटा छ । संघमा पहिलेभन्दा अहिलेको अवस्था भिन्न छ । काँग्रे र एमालेमा पनि रुष्टता छ । कतिपय पदीय भगवण्डा नमिलेर पार्टीबाटै भोट क्रसमा जाने निश्चित छ । यसो हुँदा पनि काँग्रेस र एमालेहरुको हिसाबमा फरक पर्ने देखिन्छ ।

यसरी हेर्दा पनि काँग्रेसले काँग्रेस र एमालेहरुले एमालेलाई नै मत खसाल्दा पनि उनीहरुको स्पष्ट जित देखिन्न । निर्णायक भनेको माओवादीको २ सय र यताउतिको १ सय मत नै हो । त्यहि मतमा जो खेल्न सक्छन् त्यसैले जित हासिल गर्न सक्ने देखिन्छ ।
माओवादीले अब कसलाई मत खसाल्छन् त्यो अझै थाहा छैन । त्यसैले एमाले र काँग्रेसका उम्मेदवार माओवादी मत आफ्नो पक्षमा तान्ने लविङमा छन् ।

त्यसपछिको अर्को कारण पनि छ उद्योग ब्यापार संघमा आवद्ध अधिकांस ब्यवसायी पनि माओवादी पृष्ठ भूमिकै छन् । तिनै मत निर्णयक रहेकाले काँगस्रे, एमालेको जोड पदमा भागवण्डा मिलाएर भए पनि माओवादी र साना ठुला दलको मत आफूतिर तान्नमा छ । तर माओवादी र अरु साना ठुला दललाई कुन कुन पद दिने टुङ्गो छैन । जसले संघमा आफूहरुको सम्मानजनक उपस्थितिको ग्यारेन्टी गर्छ त्यतैतिर ती मत जाने अनुमान गर्न सकिन्छ ।

यता उद्योग ब्यापार संघका अध्यक्ष खिमानन्द पौडेल पौडेल (कोपिल) ले पनि आफ्नो संघमा आवद्ध रहे पनि कपिलवस्तु उद्योग बाणिज्य संघमा नविकरण रहेका ब्यवसायीको संख्या २ सय रहेको जानकारी दिए ।

आफूहरुको संस्था माओवादीको रहेको भाष्य निर्माण गरिएको बताउँदै त्यस्तो नभएको र सबै ब्यवसायी अट्ने संस्था रहेको रुपमा बुझ्न सबैलाई उनले आग्रह गरे । उनी भन्छन् हामीले यसलाई मत हाल्ने र नहाल्ने भन्ने कुनै दबाब, प्रभाव, लविङ गरेका छौँ ।

साथीहरुलाई स्वतन्त्र रहेर ब्यवसायीको हितमा काम गर्ने, मिल्दा एजेण्डामा आफूहरुसंगै मिलेर काम गर्न सक्ने ब्यक्ति छनौट गरेर मत खसाल्न आग्रह गरेका छौँ । उहाँहरुले कसलाई मत हाल्नु हुन्छ हामीलाई थाहा छैन । कोपिलले आफ्नो नविकरण नरहेको तर श्रीमतीको भने उता नविकरण भएको बताउँदै आफ्नो ढंगले मतदानमा सहभागि हुन अनुरोध गरेको बताए ।

अहिलेसम्म आफूहरुसंग कसैले छलफल नगरेको पनि उनी बताउँछन् । यता नेतृत्वमा सर्वसम्मति पाए ब्यापार संघ छोडेर भए पनि उद्योग बाणिज्य संघमा जाने बताएका माओवादी धारकै टोप नारायण बेलबासेले कस्तो रोल खेल्छन् त्यसले पनि चुनावको नतिजामा फरक पार्न सक्छ । न्यौपाने या क्षेत्रीमध्ये एउटाको पोल्टामा नतिजा आउन सक्छ । जसले जिते पनि अध्यक्षमा बढीमा १ सय देखि २ सयको अन्तरमा जित्ने छन् । तथ्यले त्यहि भन्छ ।