मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षेत्री प्यानलको वरिष्ठमा पौडेलको इन्ट्रिः रणनीति कि अवसर ?

क्षेत्री प्यानलको वरिष्ठमा पौडेलको इन्ट्रिः रणनीति कि अवसर ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने,

काठमाडौँ । उद्योग ब्यापार संघ कपिलवस्तुका संस्थापक अध्यक्ष हुमानाथ पौडेल आफ्नो पुरानै घरमा फर्किएका छन् ।
कपिलवस्तु उद्योग बाणिज्य संघमा लामो समय काम गरी बिभिन्न भूमिका निर्वाह गरेका पौडेल विगत अढाई बर्षदेखि उद्योग ब्यापार संघमा सक्रिय थिए । ७७ मा डोलकराम घिमिरे बाणिज्य संघमा निर्वाचित भएपछि उद्योग ब्यापार संघ कपिलवस्तु गठन भएको थियो । पौडेल यतै सक्रिय थिए । त्यसपछि बाणिज्य संघका कुनै पनि क्रियाकलापमा पौडेलेको भूमिका थिएन भन्दा नै हुन्छ ।

उनैको सक्रियतामा ब्यापार संघले बिभिन्न कार्य गरेको थियो । खिमानन्द पौडेल (कोपिल)लाई अध्यक्ष सुम्पेर पौडेल विश्राममा थिए । विश्राममा रहे पनि पौडेल ब्यापार संघको गतिविधिमा सक्रिय भने थिए ।
तर उद्योग बाणिज्य संघको चुनाव मिति माघ २३ नजिक आउँदा भने पौडेल एक्कासी काँग्रेसका गणेश बहादुर क्षेत्रीको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार बनेपछि उनी पुरानै घरमा फर्केको बुझ्न सकिन्छ । पौडेलेको यो युटर्नलाई लिएर बिभिन्न टिप्पणी हुन थालेका छन् ।

पौडेलले पौडेल क्षेत्री प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उठेपछि ब्यवसायीमा तरंग मच्चिएको छ । यसलाई कतिपयले स्वभाविक भनेका छन् भने कतिपयले अस्वभाविक मानेका छन् ।

अबको चुनावमा जितको महत्वपूर्ण हिस्सा माओवादी मत रहने भनेर अपिटाइम्सले शुक्रबार नै समाचार प्रकाशन गरेको थियो । माओवादीसंग सल्लाह गरेर पौडेलले उम्मेदवारी दिए या स्व निर्णय गरेर दिए त्यो भने खुलेको छैन ।

पौडेल वरिष्ठमा आएसंगै क्षेत्री पक्ष खुसी भएको छ । पौडेल आएपछि निर्णयक मानिएको माओवादी मत अब आफूहरुतिर आउन सक्ने भएकाले काँग्रेसहरु खुसी भएका हुन् ।

माओवादी भए पनि एमालेका नेताहरुसंग पौडेलेको राम्रो हिमचिम थियो । एमालेबाट अध्यक्षको उम्मेदवार बनेका मोहन न्यौपानेका पनि पौडेल राम्रा ब्यवसायिक साथी हुन् ।

अर्को संस्थाको संस्थापक भएको अवस्थामा पौडेल एक्कासी क्षेत्री प्यानलमा देखिए पछि न्यौपाने लगायतको एमाले पंति पनि आश्चर्यमा परेको छ । कतिपयले एमालेलाई नेतृत्व नदिने काँग्रेस रणनीतिमा पौडेल मिसिए भनेका छन् भने कतिपयले संघको भावि अध्यक्षको अवसर हत्याउन पौडेल मोडिएको हुन सक्ने अनुमान गरेका छन् ।

उद्योग ब्यापार संघका कतिपय ब्यवसायीले पौडेलले धोका दिएको अपिटाइम्सलाई बताए । पौडेलले भने ब्यवसायी र अग्रजको चाहाना अनुसार आफू वरिष्ठ उपाध्यक्षमा उठ्न रेडी भएको बताए । कपिलवस्तु उद्योग बाणिज्य संघमा ठुलो लगानी रहेको उनले बताए । क्षेत्री प्यानलमा आउनुमा कुनै दबाब, प्रभाव र स्वार्थ नभएको उनको दावी छ । पौडेल वरिष्ठमा उठ्ने भएपछि अब एमालेले कस्तो रणनीति बनाउँछ त्यो भने हेर्न बाँकी छ ।

क्रसर ब्यवसायी पौडेल यस अघि वडा नम्बर ८ को वडा अध्यक्ष पदमा उम्मेदवार बनेर स्थानीय चुनावमा पराजित भएका थिए । तथापि पौडेल त्यस क्षेत्रमा पाका र अनुभवी ब्यवसायी मानिन्छन् । पौडले संघमा यसअघि उद्योग तथा बाणिज्य उपाध्यक्ष भइसकेका ब्यक्ति हुन् ।

यसैबीच कपिलवस्तु उद्योग वाणिज्य संघको एसोसिएट उपाध्यक्षमा समाजेवी तथा व्यवसायी रामजी सेन, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसालले यस अगाडी नै उमेद्धारी घोषणा गरिसकेका छन् ।