मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अबको ३ दिन पानी पर्ने र हिमपात

अबको ३ दिन पानी पर्ने र हिमपात

अपि टाइम्स

काठमाण्डौ । पश्चिमी वायुको कारण अहिले देशैभरको मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुलेटिन निकालेर अबको ३ दिनसम्म पानी पर्ने र हिमपात हुने सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँमा पानी पर्ने भए पनि मध्य र पूर्वी नेपालमा भने पानी पर्ने धेरै सम्भावना छैन । यी ठाउँमा फाट्टफुट्ट पानी पर्नेछ ।

आज राति कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही ठाउँमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै भोलि कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली भू–भागका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ । यस्तै पर्सि पश्चिम नेपालका केही ठाउँमा दिनभरि नै पानी पर्ने महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली सबैजसो ठाउँमा हिमपात हुनेछ ।

केही दिनअघि मात्र पनि देशका केही ठाउँमा छिटफुट वर्षा र हिमपात हुँदा किसान खुसी भएका थिए । लामो समयको खडेरी पछि पानी पार्ने र हिमपात हुने खबरले उनीहरू झनै खुसी छन् ।