मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गणेश क्षेत्री प्यानलका टुङ्गिए पदाधिकारी

गणेश क्षेत्री प्यानलका टुङ्गिए पदाधिकारी

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग वाणिज्इ संघको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन आउन अब एक साता पनि बाकी छैन ।

माघ २३ को अधिवेशन मिति नजिकिएसंगै आगामी ३ बर्षे नेतृत्वको लागि तिनवटा प्यानल चुनावी दौडधूपमा छन् । काँग्रेस र माओवादीसहितको साझा प्यानल, एमाले प्यानल, स्वतन्त्र प्यानल चुनावी दौडमा छ् भने एक जनाको अध्यक्षमा मात्र स्वतन्त्र उम्मेदवारी रहने चर्चा छ । सबै प्यानलले आआफ्नो नाम पनि सार्वजनिक गरिरहेका छन् ।

यसैबीचमा वाणगंगा नगरपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तथा व्यवसायी गणेश बहादुर क्षेत्रीको प्यानलका पदाधिकारी टुङ्गिएका छन् ।

नयाँ थपिएकामा बाणिज्य उपाध्यक्षमा घनश्याम अधिकारी, महिला उपाध्यक्षमा मिना पौडेल, सचिवमा राजेश तिवारी, कोषाध्यक्षमा खेम अधिकारी, सहकोषाध्यक्षमा बसन्त कँडेल रहेका छन् । सघंका पूर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपानेका अनुसार महिला खुला सदस्यतर्फ बिमला श्रेष्ठ र सिता पोख्रेल घिमिरेले उम्मेदवारी दिने छन् ।

यसअघि बरिष्ठ उपाध्यक्षमा हुमनाथ पौडेल, उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे, वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, एसोसियट उपाध्यक्षमा रामजी सेन, महासचिवमा नवदत्त घिमिरेको नाम सार्वजनिक भइसकेको छ । संघमा करिब २१ सय सदस्य रहेका छन् ।

यसैबीच अध्यक्षका उम्मेदवार क्षेत्रीले आफू लामो समय उद्योग, ब्यवसाय, समाजसेवा र जनताको काममा लागेकाले सहयोग गर्न अपिल गरेका छन् ।

संघको आगामी नेतृत्वको लागि एमाले प्यानलबाट मोहन न्यौपानेको प्यानल चुनावी मैदानमा छ भने स्वतन्त्रतर्फको प्यानलमा लक्ष्मण कँडेले नेतृत्व छ । त्यस क्षेत्रका प्राध्यापक तथा ब्यवसायी रमेशचन्द्र भुसालले पनि स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ ।