मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगङ्गामा सुरु भयो एकीकृत घुम्ती शिविर, जनताले कसरी सेवा पाउँछन् ?

बाणगङ्गामा सुरु भयो एकीकृत घुम्ती शिविर, जनताले कसरी सेवा पाउँछन् ?

अपि टाइम्स

कपिलवस्तु । बाणगङ्गा नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । नगरबाट संचालन हुने बिभिन्न सेवाहरु वडावडामै गएर प्रदान गर्ने उद्धेश्यले शिविर संचालन भएको हो ।

बुधवार नगरको दुर्गम मानिने वडा न १० मेचकुरीबाट शिविर सुरु भएको छ । जसमा नगरका बिभिन्न शाखाले आआफ्नो सेवा दिइरहेका छन् ।

शिविरमा सहभागि नगर प्रमुख चक्रपाणि अर्यालले नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउन एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको बताए । उनले बाणगङ्गाबाट उपलव्ध सेवा दूर दराजमा रहेका नागरिकलाई लक्षित गरेर मेचकुरीबाट सेवा सञ्चालन गरेको बताए ।

नगर उप – प्रमुख रिता कुमारी चौधरीले स्वास्थ्य जाँच गर्न पहुँच नपुगेका कृषि परामर्शलाई नगरसम्म पुग्न नसकेको जनगुनासो आएकाले सहजताको लागि शिविर सञ्चालन गरेको बताइन् । उनका अनुसार शिविरमा वडा नम्बर १० का जनता प्रत्यक्ष रुपमा लाभान्वित भएको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरपालिकाको सेवा प्रवाहलाई चुस्त गर्नका लागि शिविर सञ्चालन गरिएको बताए । उनले अन्य वडामा पनि शिविर सञ्चालन हुने जानकारी दिए ।

वडा नम्बर १० का वडाअध्यक्ष यम प्रसाद पोख्रेलले नगरको सेवा आफ्नै वडामा पुगेपछि वडा बासिलाई सजिलो भएको बताए । उनले शिविरले नागरिकमा आशा जगाएको बताए ।

शिविर स१चालन भएपछि सेवाग्राही पनि खुसी भएका छन् । शिविरमा ९ सय ८५ जनाले सेवा लिएको नगरपालिकाले जनाएको छ । जसमा स्वास्थ्य शाखातर्फको प्राथमिक उपचार तथा परामर्श सेवामा २ सय ३० जनाले सेवा लिएका छन् । आयुर्वेद तर्फ २ सय ६५ जनाले सेवा लिएको जनाइएको छ ।

यस्तै कृषि विकास शाखा अन्तर्गत बाली उपचार तथा विषादी सचेतना, कृषि समुह दर्ता तथा नवीकरण, कृषि फर्म सूचिकृत, प्राविधिक परामर्श सेवातर्फ १ सय ७० जनाले सेवा लिएको शाखाले जनाएको छ ।

यस्तै पशु विकास शाखा अन्तर्गत, गोबर परिक्षण, माटे जुका र मिनरल भिटामिन औषधी वितरण, पशु पंक्षि उपचार फर्म दर्ता तथा नवीकरण तथा प्राविधिक परामर्श सेवातर्फ १ सय ९४ जनाले सेवा लिएका छन् ।

शिविरमै सुरक्षित आप्रवासन शाखा अन्तर्गत मनोसामाजिक परामर्श सेवा, वित्तिय साक्षरता सम्बन्धी सेवा, वैदेशिक रोजगारीका सूचनाहरूको सेवातर्फ ६० जनाले सेवा लिएका छन् । महिला विकास शाखा अन्तर्गत ज्येष्ठ नागरिक परिचय पत्र प्रदानतर्फ २१ जनाले सेवा लिएको शाखा प्रमुख शुसिला पन्तले जानकारी दिइन् । सोहि अवसरमा अपाङ्गता परिचय पत्र प्रदान गरिएको थियो ।

वन वातावरण विपद् तथा फोहोरमैला व्यवस्थापन शाखा अन्तर्गत परामर्श सेवा, प्रधानमन्त्री रोजगार शाखा अन्तर्गत परामर्श सेवा, श्रम स्वीकृति सम्बन्धी सेवा, भवन तथा सहरी सेवा योजना सम्झौता, योजना अनुगमन तथा फरफारक सेवा, घरेलु तथा साना उद्योग सम्बन्धी सेवा, शैक्षिक परामर्श सेवा कित्ताकाट सेवा, संस्था दर्ता तथा र नवीकरण र कर असुली सम्बन्धी सेवा प्रदान गरिएको नगरपालिकाका सूचना अधिकारी केशव भट्टराईले जानकारी दिए ।