मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० रोपनी सरकारी जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण पक्राउ

१० रोपनी सरकारी जग्गा हडपेको आरोपमा विनोद चौधरीका भाइ अरुण पक्राउ

अपि टाइम्स

काठमाडौँ । सरकारी जग्गा हडपेको आरोपमा उद्योगी अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले उद्योगपति विनोद चौधरीका भाइ अरुण र अजितनारायण थापालाई पक्राउ गरेको हो।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा चौधरीलाई पक्राउ गरिएको हो। थापा बाँसबारी छालाजुत्ता उद्योगको बोर्ड अध्यक्ष थिए। थापालाई प्रहरीले बत्तिसपुतलीस्थित उनकै घरबाट पक्राउ गरेको हो।

चौधरी सीजी होल्डिङ्सका अध्यक्ष हुन्। बाँसबारी छालाजुत्ता उद्योगको सरकारी जग्गा हडपेको प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको थियो। सीआईबीले एसएसपी दिनेश आचार्यको नेतृत्वमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गाका बारेमा अनुसन्धान भइरहेको छ।