मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग बाणिज्य संघको जुँगे लडाईमा किन देखिएनन् पौडेल ?

उद्योग बाणिज्य संघको जुँगे लडाईमा किन देखिएनन् पौडेल ?

अपि टाइम्स

काठमाण्डौँ । काँग्रेस समर्थित मानिने कपिलवस्तु उद्योग बाणिज्य संघका हालका महासचिव मनोज पौडेल सार्वजनिक भएका कुनै प्यानलमा देखिएका छैनन् । भए अध्यक्ष, नभए वरिष्ठ उपाध्यक्षसम्म उठ्ने उनको सुरुवाती चर्चा थियो । तर काँग्रेस र माओवादीको साझा भनिएको प्यानल सार्वजनिक हुँदा पौडेलको नाम कहिँ पनि आएन । पौडेल आगामी चुनावका कुनै प्यानलमा नदेखिँदा ब्यवसायी आश्चर्यमा परेका छन् ।

बर्तमान अध्यक्ष डोलकराम घिमिरको कार्यकाल सफल बनाउन उनले महत्वपूर्ण भूमिका निभाएको बताइन्छ । काँग्रेस समर्थित भए पनि उनमा राजनैतिक गन्ध त्यति देखिएको थिएन । त्यसैले सबै ब्यवसायीको प्रिय मानिन्छन् पौडेल ।

उनी आफ्नो चाहानाले मौन बसे या प्यानलमा समेट्न सकिएन त्यो थाहा हुन सकेको छैन । समाचार श्रोतका अनुसार पौडेलले सर्वसम्मतिमा आगामी नेतृतव चयन गर्ने पक्षमा थिए । उनले अन्तिमसम्म कोसिस पनि गरे । तर त्यो सम्भव नभएर आपसमा लड्ने, लडाउने खेल भए पनि आफ्नै इच्छामा पौडेल पछि हटेको पौडेलनिकट श्रोत बताउँछ । कतिपयले पौडेललाई समेट्न नसकेको भनेर पनि पार्टीको आलोचना गरिरहेका छन् ।

आफू पछि हटेको विषयमा नकारात्मक रुपमा नसोच्न पौडेलले सबैलाई आग्रह गरे । चुनाव भए पनि आरोप प्रत्यारोप छोडेर सबै एक आपसमा मिलेर जानु पर्नेमा पौडेल देखिन्छन् ।