मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड असफल भए,अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छः कोइराला

प्रचण्ड असफल भए,अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छः कोइराला

अपि टाइम्स

नवलपरासी । नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले अब एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् ।

नवलपरासीको कावासोतीमा भएको कार्यक्रममा नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन नसकेको आरोप लगाउँदै पूर्व सहमति अनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन् । प्रधानमन्त्री आफ्ना कामबाट आफै सन्तुष्ट नभएको कोइरालाको भनाइ छ ।

माधव नेपालपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्दै गठबन्धनका सबै दलहरूले पूर्व सहमति पालन गर्नुपर्ने कोइरालाको भनाई छ ।