मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यौपाने प्यानलबाट नारायण पौडेल वाणिज्य उपाध्यक्षमा लड्ने

न्यौपाने प्यानलबाट नारायण पौडेल वाणिज्य उपाध्यक्षमा लड्ने

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी चुनाव निकै रोचक बन्ने पक्का भएको छ । माघ २३ गते हुने संघको अधिवेशन मिति नजिकै आउँदा सार्वजनिक प्यानलका उम्मेदवारको अनुहार हेर्दा चुनाव कडा र रोचक हुने देखिएको हो । काँग्रेस–माओवादी प्यानल सार्वजनिक भइरहँदा एमाले समर्थित ब्यवसायिको प्यानल अझै सार्वजनिक भएको छैन ।

अपिटाईम्सले प्राप्त गरेको समाचार अनुसार एमाले समर्थित् प्यानलमा नयाँ र फ्रेस अनुहार आउने सम्भावना छ । यसैबीचमा अटो ब्यवसायी नारायण पौडेल पनि आगामी चुनावमा होमिने भएका छन् । बाणिज्य उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी पक्का भएको पौडेलले विहिाबार साँझ अपिटाइम्सलाई बताए ।

कपिलवस्तुमा अटो क्षेत्रमा १७ बर्ष विताएका पौडेल सबैका प्रिय ब्यवसायी मानिन्छन् । ज्ञानपुञ्ज बोर्डिङ स्कुलको अध्यक्ष रहेका उनी अटोमोबाइल्स अफ एसोसियसन नाडा लुम्बिनी प्रदेशको सह–कोषाध्यक्ष छन् ।

ब्यवसायीको आधिकारिक संस्थामा बसी ब्यवसायिकै पक्षमा रहेर काम गर्ने इच्छा रहेकाले अहिले संघको बाणिज्य उपाध्यक्षमा उठ्ने निधो गरेको उनले सुनाए । सबैबाट आफूलाई सहयोग पुग्नेमा पौडेलको विशवास छ । यता पौडेलको प्रतिद्वन्दीमा काँग्रेस, माओवादी प्यानलका घनश्याम अधिकारी रहेका छन् ।