मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यौपाने भन्छन् युवाहरुको प्यानल बन्छ, घेराबन्दी तोडेर निस्कन्छौँ

न्यौपाने भन्छन् युवाहरुको प्यानल बन्छ, घेराबन्दी तोडेर निस्कन्छौँ

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवार मोहन न्यौपानेले घेराबन्दी तोडेर निस्कने बताएका छन् । संघको हितको लागि अध्यक्ष पदमा उठ्दै गर्दा चारैतिरबाट घेराबन्दीमा भएको भन्दै अन्त्यमा त्यसलाई तोडेर जित हासिल गर्ने न्यौपानेको भनाई छ ।

एसोसियट उपाध्यक्षमा बुद्धि पौडेल र बस्तुगत उपाध्यक्षमा रनेन्द्र सेनलाई अघि सारेका उनले शुक्रबार वरिष्ठ उपाध्यक्ष, महासचिव लगायत सबै प्यानल सार्वजनिक गर्ने बताए ।

विपक्षीको प्यानलले पुरानो पुस्तालाई मात्र प्रतिनिधित्व गर्ने हुनाले आफूले ४० बर्षभन्दा मुनिका ब्यक्तिको प्यानल बनाउन लागेको उनले अपिटाइम्ससंग बताए । काँग्रेस, माओवादी लगायतले संघको मातहतको क्षेत्रलाई समेट्न नसकेको भन्दै उनीहरुको प्यानल चार नम्बर र बैरियाका ब्यवसायीले भरिएको न्यौपानेको आरोप छ ।

गणेश क्षेत्री नेतृत्वको साझा भनिएको प्यानलमा काँग्रेस, माओवादी लगायतका ब्यक्तिहरु समेटिएका छन् भने न्यौपानेको प्यानल एमाले समर्थित छ । यता राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित ब्यक्तिले लक्ष्मण कँडेल नेतृत्वमा प्यानल बनाएका छन् ।

अर्कोतर्फ रमेश चन्द्र भुसालले पनि अध्यक्ष पदमा उम्मेदवारी दिने बताइरहेका छन् । माघ २३ गते संघको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशन हुँदैछ । अधिवेशनलाई लिएर अहिले चुनावी चटारो छ ।