मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्यस्तो भएन भने क्षेत्रीलाई ‘सहज’, न्यौपानेलाई ‘सकस’

त्यस्तो भएन भने क्षेत्रीलाई ‘सहज’, न्यौपानेलाई ‘सकस’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघले आगामी ३ बर्षे कार्यकालको लागि कार्यसमिति चुनावबाट नै पाउने भएको छ । सर्वसहमतिको प्रयास टरेपछि चुनाव हुने पक्का छ । बिभिन्न ३ समुह प्यानल बनाएर चुनावमा होमिएका छन् ।

काँग्रेस, माओवादी लगायतका ५ दल मिलित गठबन्धनमा निवर्तमान वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीको प्यानल छ । युवा ब्यवसायी मोहन न्यौपानेले एमालेनिकट ब्यवसायीलाई समेटेर प्यानल बनाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी निकटहरुले लक्ष्मण कँडेललाई अघि सारेर स्वतन्त्र प्यानल बनाएका छन् । यी मध्ये अध्यक्ष पदमा कसले बाजी मार्छ त्यो भने यसै भन्न सकिने अवस्था छैन । चुनाव धेरै पेचिलो र रोचक बन्नेमा दुई मत छैन ।

स्वतन्त्र प्यानल भए पनि लक्ष्मण कँडेलले जित्ने सम्भावना कम छ भने न्यौपाने र क्षेत्रीमध्ये एक जनाले नै संघको आगामी नेतृत्व पाउने छन् ।
काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस लगायतका ५ दलको गठबन्धनले क्षेत्रीको जित सुनिश्चित जस्तो देखिन्छ । तथापि न्यौपानेले ५ दलको चेन ब्रेक नगर्लान् भन्न सकिन्न । प्यानल हेर्दा मोहन न्यौपाने कमजोर देखिन्नन् । न्यौपानेको प्यानल युवामैत्री, समावेशी र सन्तुलित देखिन्छ भने क्षेत्री प्यानलमा केहि कुरा मिल्न नसकेको भनेर आलोचना भइरहेको छ ।

तर यत्ति कारणले नतिजामा त्यति फरक नपार्ला । अहिले संघमा भएका २ हजार ८० मतदातामा कसको अंक गणित के छ त्यसबाट अलिकति जित हारको विश्लेषण गर्न सकिन्छ ।

संघमा आवद्ध २ हजार ८० सदस्यमध्ये सबैभन्दा धेरै एमाले, त्यसपछि काँग्रेस अनि तेश्रोमा माओवादी मत छ । अहिलेको रास्वपानिकट, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतमा निकट मानिने मत पनि छन् । २ हजार ८० मा चार सय ५० मतदाता नयाँ छन् ।
दावी अनुसार संघमा माओवादीका साढे तिन सय मत छ । तर यथार्थमा माओवादी मत भनेको २ सय हाराहारी नै हो । स्वतन्त्र, अरु साना ठुला दलको गरेर एक सय मत हुन सक्छ । २ हजार ८० मा ३ सय बाहेक १७८० मत भनेको काँग्रेस र एमालेको हो । यसमा काँग्रेसभन्दा एमालेको मत करिब २ सयले धेरै छ । श्रोत अनुसार एमालेको ११ सय मत रहेको छ भने काँग्रेसको ९ सय छ ।
यदि गठबन्धनको इमान्दार पूर्वक भोट आएको खण्डमा क्षेत्रीले १२ सय बढी मत ल्यान सक्ने देखिन्छ । यो भनेको जित हो । उनले यदि जित हासिल गरे भने १ सयदेखि १५० को मतान्तरमा हुन सक्छ । तर क्षेत्रीलाई यसरी ढुक्क हुने स्थति भने छैन । राष्ट्रिय जनमोर्चा, नेकपा एस लगायतका पार्टीबाट इमान्दारपूर्वक मत आए पनि बाणगंगामा माओवादी र काँग्रेसका मतदाताको भर भने छैन । उनीहरु मत क्रस गर्न माहिर मानिन्छन् । गत बर्षका स्थानीय, प्रदेश र संघीय चुनावका नतिजा यसका पुष्ट्याई हुन् । यहि घात हुँदा धेरै ठाउँमा माओवादी र काँग्रेस पछारिएका छन् ।

माओवादीका एक नेताले पार्टीकै निर्णय भएकाले यसपटक चुनावमा आफूहरुबाट घात नुहेन बताए । पार्टीका नेता हुमानाथ पौडेल वरिष्ठ उपाध्यक्ष र अरु पदमा पनि सम्मानजनक स्थिति हुँदा पार्टीको निर्देशन नै क्षेत्री प्यानललाई जिताउने रहेको ती नेताले बताए । नेकपा एस र राष्ट्रिय जनमोर्चाका नेताहरुले आफूहरुबाट बेइमानी नहुने बताउँदै बेइमानी भए काँग्रेस र माओवादीबाटै हुने बताउँछन् । गठबन्धनबाट धोका नभए क्षेत्री प्यानलका अधिकांस उम्मेदवारले जित हासिल गर्न सक्ने देखिन्छ ।

एमाले भने पार्टीको मत क्रस नहुनेमा ढुक्क छ । त्यसैले नतिजा आफ्नो पक्षमा पार्न ११ सय मत सुरक्षित गरेर माओवादीतर्फका सय र अन्य ५० मत खोस्ने रणनीति बनाएर लागिरहेको छ । यदि आफ्नो मत सुरक्षित गरेर सय देखि १५० मत खोस्न एमाले सफल भयो भने न्यौपानेको पक्षमा नतिजा नआउला भन्न सकिन्न ।

प्यानल नै राम्रो रहेकाले सबै क्षेत्रबाट न्यौपानेले राम्रो मत पाउने निवर्तमान अध्यक्ष उमानाथ पौडेलले बताए ।

न्यौपानेको ब्यवसायीमाझ न्यौपानेको निकै राम्रो सम्बन्ध रहेको पौडेलले बताए । यता माओवादी क्षेत्री प्यानलमा भए पनि टोप नारायण बेलबासेको भूमिका कस्तो हुन्छ भन्नेले पनि नतिजालाई फरक पार्न सक्छ ।

न्यौपानेका ब्यवसायिक पार्टनर बेलबासे भएकाले बेलबासेबाट न्यौपानेलाई सहयोग हुन सक्ने अनुमान गर्न सकिन्छ । तर माओवादीका एक नेता भन्छन् ‘टोप नारायणको भूमिकाले खासै असर पर्दैन । उनले न्यौपानेलाई साथ दिए पनि डराउनु पर्ने स्थिति छैन ।’

काँग्रेस र एमालेको यो साझो हिसाब अनुसार मत नखस्न सक्छ । समय, परिस्थिति, चेतना पनि फेरिएकोले अब पार्टी नभई ब्यक्ति हेरेर मत दिने तयारीमा कतिपय ब्यवसायी छन् । चार नम्बरका युवा ब्यवसायीद्धय विष्णु गैरे र विष्णु घिमिरेले आफूहरुले पार्टीका प्यानल नभई ब्यक्ति हेरेर मत दिने तयारीमा रहेको बताए ।

यदि ब्यवसायी सचेत भएर ब्यक्ति हेर्नतर्फ लागे भने दुवै प्यानलबाट मिश्रित परिणम आउन सक्ने अनुमान गर्न सकिन्छ । संघको अधिवेशन माघ २३ गते हुँदैछ । अधिवेशनलाई लिएर अहिले सबै चुनाव प्रचार प्रसारमा ब्यस्त छन् । सहमति नगरेर ब्यवसायी लडाउने काम रहेको हुँदा कतिपय ब्यवसायी मत नखसाल्ने पक्षमा देखिन्छन् ।