मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्मा जथाभाबी बोल्नेको विरोध नगर्न ओलीको निर्देशन

संसद्मा जथाभाबी बोल्नेको विरोध नगर्न ओलीको निर्देशन

अपि टाइम्स

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले संसदमा गल्ती बोल्नेहरुका शब्दले उसको परिचय दिने भएको भन्दै त्यस्तो जथाभाबी बोल्नेहरुको विरोधमा समय खेर नफाल्न आग्रह गरे ।

आइतबार पार्टी संसदीय दलको बैठक समापन गर्दै उनले संसदमा सरकारले गरेका गलत कामको सख्त आलोचना र बिरोध गर्न निर्देशन दिए ।

‘कहिले, कहिले हामीलाई कस्तो लाग्छ भने म जत्तिको मानिसलाई किन प्रशिक्षण चाहिन्छ ? मैले नबुझेर के छ र ? भन्ने लाग्नसक्छ । म आफैं संसद्मा यत्रो वर्षदेखि छु, यति कार्यकालदेखि छु भन्ने पनि लाग्न सक्छ, अध्यक्ष ओलीले भने, तर कतिपय प्राविधिक विषयहरु, कतिपय वैचारिक विषयहरुमा पनि स्पष्ट हुनु आवश्यक्ता पर्दछ । तसर्थ, अझ प्राविधिक विषयहरु, के कस्ता प्रस्ताव कसरी राख्ने हो? नियमापत्ति कसरी गर्नुपर्ने हो? कस्ता विषयमा गर्नुपर्ने हो ? यस्तो विषयमा प्रष्ट र समान बुझाइ हुनु आवश्यक हुन्छ ।

उनले बोली नै व्यक्तिको परिचय भएको बताए । गलत विषयको विरोध गर्ने हो । गलत बोल्ने व्यक्तिको होइन, जथाभावी बोलिरहने व्यक्तिको विरोध गरेर साध्य पनि हुदैन, उनले भने ।

उनले गलत बोल्ने व्यक्ति स्वयम्ले आफूले महसुस गरेर गलत बोलेछु, हटाइपाउँ भन्ने संस्कारको विकास हुनुपर्ने बताए ।