मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५० हजार राशीको ‘सिर्जनशिल पत्रकारिता पुरस्कार’ थापालाई

५० हजार राशीको ‘सिर्जनशिल पत्रकारिता पुरस्कार’ थापालाई

अपि टाइम्स

काठमाडौँ । पत्रकार भुपाल थापा ५० हजार रुपैयाँ राशीको ‘सिर्जनशिल पत्रकारिता पुरस्कार २०८०’ बाट विभुषित भएका छन् । लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसर पारेर कपिलवस्तुमा सक्रिय पत्रकार थापालाई उक्त पुरस्कार प्रदान गरेको हो ।

थापा रेडियो परिवर्तन कपिलवस्तुका स्टेसन म्यानेजर तथा पालिका पत्र अनलाइनका प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।

थापाले यस पुरस्कारले आफ्नो पेशामा थप सिर्जनशिल बनाउन प्रेरित गरेको भन्दै छनौट समिति र प्रदेश सरकारलाई धन्यबाद दिए ।

थापाले पालिका तथा प्रदेश गतिविधि केन्द्रित समाचार लेखनमा रुची राख्छन् ।