काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी ३ बर्षे कार्यकालको लागि स्वतन्त्र प्यानलको नेतृत्व गरेका लक्ष्मण कँडेलले ब्यापारी र ब्यवसायीले परिवर्तन खाजेको बताएका छन् ।
अहिलेसम्मको नेतृत्व दलबाट चुनिएकाले उनीहरु ब्यापारी र ब्यवसायीको हितमा कहिल्यै उभिन नसकेको बताउँदै यसपटक अधिकांस ब्यवसायीले परिवर्तनको पक्षमा मत खसाल्ने कँडेलको दावी छ । आफूहरुको स्वतन्त्र उम्मेदवारीले एमाले, काँग्रेस र माओवादीहरुलाई तनाव भएको कँडेलले बताए ।
उनले भने ‘अहिले संघमा नैरास्यता छ,४ । ५ सय ब्यवसाय किन नविकरण भएनन् ? यसको जवाफ साधारण सभामा माग्छौँ । चार नम्बरमै धेरै ब्यवसाी निरास रहेछन् । यी नेतृत्वबाट साथीहरु हैरान हुनुहुन्छ । त्यसैले यसपटक सबै परिवर्तनको पक्षमा छन्’ ।
कँडेलले यहि निरासाका कारण आफूहरुको उम्मेदवारी रहेको भन्दै जित पनि सुनिश्चित भएको बताए । मत माग्न ब्यवसायीका घर र सटरमा पुग्दा उहाँहरुले दिनुभएको बाचाअनुसार आफूहरुले जित्ने ग्यारेन्टी भएको कँडेलको दावी छ । ‘आफूहरुको उपस्थितिले ब्यापारी उत्साहित भएको भन्दै एमाले, काँग्रेस र माओवादीले मत औँलामा गनेको भरमा मत आउँदैन । हाम्रो माहौल दिनदिनै राम्रो छ । अधिकांस ब्यवसायी हाम्रो पक्षमा देखिनुहुन्छ । हामी चुनाव जित्छौँ ।’, उनले भने
कँडेलको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदको अझै टुङ्गो लागेको छैन । संघको महिला उपाध्यक्षमा सरस्वती सुवेदी, उद्योग उपाध्यक्षमा क्रमश देवीलाल कँडेल र महासचिवमा बुद्धि सागर ‘बेलबासे’ कोषाध्यक्षमा सरोज रेग्मी उम्मेदवार रहने जनाइएको छ ।
माघ २३ गते नोमिनेसन पछि थप नाम सार्वजनिक गर्ने कँडेलले बताए । स्वतन्त्र प्यानल भनिए पनि उनीहरु राष्ट्रिय स्वतन्त्र पार्टी निकट ब्यवसायीहरु हुन् । स्वतन्त्रको प्यानल बनेसंगै संघको चुनाव थप रोचक बन्ने बताइएको छ ।
प्रतिक्रिया