मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरहरा पार्किङको विषयमा संघिय सरकार र बालेनबीच टकराव

धरहरा पार्किङको विषयमा संघिय सरकार र बालेनबीच टकराव

अपि टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्माण सम्पन्न नभइ उद्घाटन गरिहाल्ने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ रूप मान्दै निरूत्साहितको नीति बनाउनुपर्ने बताएका छन्।

सुन्धारास्थित धरहराको निर्माण पूरा नभएकाले पार्किङ नगराउन भनेर पत्र पठाइएपछि उनले त्यस्तो आक्रोश पोखेका हुन्।

‘आज भन्दा दुई वर्ष ९ महिना २० दिनअगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उद्घाटन भयो। सोही उद्घाटनलाई काठमाडौंका तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नुभएको थियो, आज एक ऐतिहासिक काम सम्पन्न भएको छ। राणाकालीन अवस्थामा भएको भए केपी ओलि टावर भन्थे। तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ– धरहरा निर्माण हुँदैछ। पार्किङ बन्द गर्नू,’ मेयर बालेनले भनेका छन्।

उनले नबनेको भए म ‘बीसौँ तलामा कसरी पुगेँ ?’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुनेसमेत टिप्पणी गरेका छन्।

तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उद्घाटन गर्ने जस्ता प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मान्ने राष्ट्रिय नीति बनाउन पनि जोड दिएका छन्।

‘संघीय र प्रदेश संसद् तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ। निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृत्तिलाई निरूत्साहित गरौं,’ उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र सहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ।’

उनले धरहरामा पार्किङ बन्द नभएको पनि बताएका छन्। महानगरको पहलमा अहिलेको लागि निःशुल्क सञ्चालन भइरहेको पनि बताएका छन्।

‘अझै व्यवस्थापन गर्दै लैजाने छौं। अहिले धेरैको नजर यहाँको पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइँ गर्ने मनसाय देखिएको छ। हामी काठमाडौं महानगरमा रहुञ्जेल कसैको निजी स्वार्थका लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिनेछैनौं,’ उनले भनेका छन्।
बालेनले फेसबुकमा लेखेको जस्ताको तस्तै

२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट सेतो टावर उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ।
तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।
उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलिले भन्नू भएको थियो ुनबनेको भए म बिसौँ तलामा कसरी पुगेँु भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ । संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।
सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।
अन्त्यमा सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निसुल्क सन्चालन हुँदै छ , अझै ब्यबस्थापन गर्दै लग्नेछौ ।अहिले धेरैको नजर यहाँको पार्किङ को ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथी रजाइ गर्ने मनसाय देखिएको छ । हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।