मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिमा तरंग ल्याउने गरी ७ वर्षपछि पूर्वएसएसपीले गरे डरलाग्दो खुलासा

राजनीतिमा तरंग ल्याउने गरी ७ वर्षपछि पूर्वएसएसपीले गरे डरलाग्दो खुलासा

अपि टाइम्स

काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले भर्खरै फेसबुकमा लेखेको एउटा खुलासाले नेपाली राजनीतिमा फेरि तरंग थपेको छ । अवकाश पाएको ७ बर्षपति विष्टले सांकेतिक रुपमा केहि ब्यक्तिको नाम किटेरै त्यो डरलाग्दो खुलासा गरेका हुन् । त्यो खुलासामा नेपालको प्रहरी संगठनभित्र हुने राजनीतिक हस्तक्षेप र मोलमोलाइको विषय छ र त्यसको साक्षी आफू रहेको उनले बताएका छन् ।

काभ्रेका विष्टले सामाजिक सञ्जालमा आफू प्रहरी सेवामा रहँदा २ वटा राजनीतिक आक्रमण भएको विषय सार्वजनिक गेका छन्। उनका अनुसार पहिलो आक्रमण २०४७ सालमा भएको बताएका छन् ।

त्यसपछि २०७३ सालमा आफूमाथि आक्रमण भएको उनको भनाइ छ।
पहिलो आक्रमणमा ०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरिएको उनले बताएका छन्। सोझा गाउँलेलाई डांका मुद्दा लगाएर फसाउन नमान्दा त्यतिबेला आफ्नो दार्चुला सरुवा भएको विष्टको भनाइ छ।

‘सरुवाको कारण निमुखा गाउँलेहरुलाई फसाउन रचिएको झुटा डांका मुद्दा दर्ता गर्न नमानेको। सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता राम कुमार चौधरी जो गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र हुन्,’ विष्टले लेखेका छन्।
२०७३ मा एसएसपीबाट डीआईजी बढुवा हुनेबेला ज्येष्ठताका आधारमा आफू पहिलो नम्बरमा रहेको विष्टको दाबी छ। तर, तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पैसा बुझाउन नमान्दा आफू बढुवाबाट बञ्चित भएको विष्टले उल्लेख गरेका छन्।

जस्ताकोतस्तै उनको लेखाई

म प्रहरी सेवामा रहंदा म माथी भएको राजनैतिक आक्रमण :-

पहिलो आक्रमण::

बि सं २०४७ मा सप्तरी बाट २४ घन्टामा दार्चुला सरूवा गरेको ।

कारण: रूपनी का निमुखा गांउले हरुलाई फसाउन रचिएको झुठा डांका मुद्दा दर्ता गर्न नमानेको।

सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता राम कुमार चौधरी ( प्रजातन्त्रका सेनानी श्री गीरीजा प्रसाद कोइरालाका बिश्वास पात्र ) ।

अन्तिम आक्रमण::

बि सं २०७३ मा Seniority मा १ नम्वरमा रही कार्य सम्पादनमा अव्बल हुंदा हुंदै पनि नोटको बिटो सहित बिमलेन्द्र निधि मार्फत बुढानीलकण्ठ बस्ने भाउज्यू लाई चाकडी गर्न मनले नमान्दा बढुवा हुन बाट बन्चीत भई अवधि नै नपुगी प्रहरी सेवा बाट हटनु परेको।

जय होस् , नेपाली काग्रेसको ।