काठमाडौँ । कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वमा गठबन्धन ‘साझा प्यानल’ का सबै उम्मेदवार विजयी हुने दावी गरिएको छ । गठबन्धनमा आवद्ध ब्यवसायी उम्मेदवारहरु लामो समयदेखि ब्यापार ब्यवसायीका समस्यामा नजिकदेखि लागेको हुँदा मतदाताको माया पाउनेमा शंका नभएको अध्यक्ष पदका उम्मेदवार गणेश क्षेत्रीले बताए । आगामी माघ २७ गते हुने चुनावको लागि मनोनयन भइसकेको छ ।
क्षेत्रीले अहिलेसम्मको अवस्था निकै राम्रो रहेको उल्लेख गर्दै मत दिन सबैलाई आग्रह गरे । वडा अध्यक्ष रहँदा र संघमा सल्लाहाकार,उद्योग उपाध्यक्ष रहँदा पनि आफूले ब्यवसायीको हितमा काम गरेको कुरा ब्यवसायीलाई थाहा भएको हुँदा आफूले मत पाउने क्षेत्रीको दावी छ ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हुमनाथ पौडेलले पनि जित निश्चित रहेको बताए । संघमा २/२ पटक उद्योग र वाणिज्य उपाध्यक्ष रहँदा धेरै काम भएको कुरा स्मरण गराउँदै पौडेलले यसपटक फेरि बयवसायीबाट सहयोग पाउने विश्वास ब्यक्त गरे । फूहरुले जित हासिल गरेको खण्डमा संघलाई उचाई थप्ने पौडेलको दावी छ ।
महासचिव पदका उम्मेदवार नवदत्त घिमिरेले यसपटक गठबन्धनले चुनाव जित्दा सबै ब्यवसायीले जित्ने बताए । अहिलेको टिम राम्रो र समावेशी रहेको उनको भनाई छ ।
गठबन्धनका नेता कृष्ण कुँवरले पनि विपक्षी प्यानलले जित्ने अवस्था नरहेको उल्लेख गरेका छन् । एमाले नेतृत्वबाट नगर, प्रदेश, संघ कहिँ पनि राम्रो काम नभएको भन्दै बाणिज्य संघ बनाउलान् भन्ने विश्वास गर्न नसकिने बताउँदै कुँवरले दायाबाया नगर्न ब्यवसायीलाई आग्रह गरे ।
विपक्षीहरुले घेराबन्दीमा पर्यौँ लगायतका झुटा कुरा गर्दै हिँडेको बताउँदै उनीहरु आफै लडेर घेराबन्दीमा परेको कुँवरको भनाई छ । चुनावको लागि बाणगंगामा आफ्नो उपस्थिति रहेपछि वातावरण थप तरंगित भएको कुँवरले बताए ।
उद्योग बाणिज्य संघमा काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा समाजबादी, राप्रपाको गठबन्धन छ । यसलाई ब्यवसायीले साझा प्यानल भनेका छन् ।
प्रतिक्रिया