मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहकै जस्तो ‘भड्किलो’ कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव !

स्थानीय तहकै जस्तो ‘भड्किलो’ कपिलवस्तु उद्योग वाणिज्य संघको चुनाव !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
वाणगंगा । कपिलवस्तु उद्योग बाणिज्य संघको नवौँ नेतृत्वको लागि भएको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको छ । बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा भएको निर्वाचन शनिबार विहान ९ बजे सुरु भएर अपरान्ह चार बजे सम्पन्न भएको थियो । २ हजार ८० मतदातामध्ये २ हजार मतदानमा सारिक भए ।

प्रमुख निर्वाचन अधिकृत गुणनिधि भुसालले आजको मतदान शान्तीपूर्ण तरिकाले सम्पन्न भएकोमा खुसी ब्यक्त गरे । उनले भने ‘तोकिएको समयमा सुरु भई सकिँदासम्म मतदाताको उत्साहपूर्वक सहभागिता थियो । यो विचमा विवाद तथा अशान्ति मच्चाउने कुनै गतिविधि भएनन् ।’

९५ प्रतिशत मत खस्नुले आफ्नो नेता छान्न मतदाता उत्साहित थिए भन्ने बुझिन्छ । चुनावी मैदानमा एमाले समर्थित प्यानलको नेतृत्व मोहन न्यौपानेले गरेका थिए भने काँग्रेस, माओवादी लगायतको गठबन्धनबाट गणेश बहादुर क्षेत्री र स्वतन्त्रमा लक्ष्मण कडेलको प्यानल थियो ।

मतदान शान्तिपूर्ण तवरले सम्पन्न भए पनि मतदानस्थलमा भएको भीँडभाड र तामझामले उद्योग बाणिज्य संघको निर्वाचनले स्थानीय तहको लागि भएको २०७९ को निर्वाचनको झल्को दिएको छ ।

अध्यक्ष लगायतका उम्मेदवारहरुले जताततै पोष्टर, पम्प्लेट र ब्यानर टाँगेका थिए । केहि दिन अघि नै संघका सदस्य रहेका क्षेत्र चार नम्बर, बनगाई, वैरिया, गजेहडा, ओदारी, पिपरा लगायतका ठाउँ प्रचार सामाग्रीले रंगिएका थिए भने चुनावको दिन रंगशालाका बिभिन्न ठाउँ पार्टीका नेता र कार्यकर्ताले भरिभराउ थिए । चौरभरी साना ठुला गाडीले भरिएका थिए ।

भुईभरी पर्चा थिए भने पर्चा, पोष्टर, पप्लेट नटाँगिएको खाली ठाउँ थिएन । गाडी घोडा ओहरदोहर गरिरहेका थिए । नेता र ब्यवसायीहरु बिभिन्न टिममा बिभित्त भएर छलफल गरेको देखिन्थे । ब्यवसायीको यो खालको चर्तिकला र भड्काउ देखेर मतदानस्थलमा सहभागी सर्वसाधारणले यो चुनावले स्थानीय र आम चुनावमा भएका गतिविधिको झल्को दिएको प्रतिक्रिया दिए । ठ्याक्कै यस्तै हुने गर्दथ्यो स्थानीय, प्रदेश र संघको चुनावमा पनि ।

आफ्नो मन परेको उम्मेदवारलाई जिताउन समर्थकहरु गेटदेखि मतदानस्थलसम्म नमस्कार गरी बसेका देखिन्थे । यी गतिविधिले संघिय चुनावको नै झल्को आएको सहभागिले अपिटाइम्सलाई बताए ।
मतदाताहरु विहानैबाट अपरान्ह ४ बजेसम्म घाँटीभरी मतदाताका फोटा तथा पोष्टर टाँसेर मत माग्न तल्लिन देखिन्थे, चार नम्बरका ब्यवसायी विष्णु गैरेले भने ‘मत पेटिका, मत खसाल्ने ठाउँ, त्यहाँको सजावट, बाहिरको चहलपहल आदिले ७९ को चुनावको झल्को आयो ।’

मतदान स्थलमा सहभागि विष्णु घिमिरेले यो तामझाम त्यति मन नपरेको बताए । ब्यापारीको संस्था उद्योग संघको चुनावमा यस प्रकारको राजनीति हुनु र खर्च हुनुले राम्रो भन्दा पनि नराम्रो सन्देश दिने उनको भनाई छ ।

बिभिन्न होटलका बसाई, प्रचार सामाग्रीको छपाई लगायतको हिसाब गर्दा सबैबाट यो चुनावमा ३० लाख बढी खर्च भएको हुनसक्ने अनुमान गरिएको छ । कतिपयले त ५० लाख सम्म खर्च भएको हुन सक्ने बताउँछन् । सहभागिले यो खर्च बेकारको खर्च भएको भन्दै नगराउने चुनाव गराइएको बताए ।