मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनका नेता कुँवरले भने ‘सबै मतदातालाई धन्यबाद’

गठबन्धनका नेता कुँवरले भने ‘सबै मतदातालाई धन्यबाद’

अपि टाइम्स

काठमाडौँ । गठबन्धनका नेता कृष्ण कुँवरले कपिलवस्तु उद्योग बाणिज्य संघको निर्वाचनमा विजयी सबै उम्मेदवारलाई बधाई दिँदै मतदातालाई धन्यबाद दिएका छन् ।

संघको आगामी ३ बर्षे कार्यकालको लागि भएको मतदानको आइतबार विहान नतिजा आएको छ । जसमा अधिकांश पदहरुमा साझा प्यानल भनिएको काँग्रेस, माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा, राप्रपाका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनबाटै अध्यक्षमा गणेश बहादुर क्षेत्री, वरिष्ठ उपाध्यक्षमा हुमानाथ पौडेल, महासचिवमा नवदत्त घिमिरे विजयी भए ।

बाणिज्य उपाध्यक्ष, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, सचिव बाहेकका पदाधिकारीमा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् । यस्तै क्षेत्रगत, बस्तुगत, एशोसियट सदस्यमा पनि अधिकांस गठबन्धनका उम्मेदवार विजयी भए ।
यो जितको पछाडी गठबन्धनका नेताकार्यकर्ताले खेलेको भूमिका महत्वपूर्ण रहेको कुँवरले बताए । गठबन्धनलाई जिताउन कुँवरको भुमिका मुख्य थियो । निर्णयक मानिएको गजेहडा क्षेत्रमा त्यहाँका स्थायी बासिन्दासमेत रहेका कुँवरले सहज वातावरण निर्माण गरेको बताइन्छ ।

‘गठबन्धनले जिते पनि संघलाई ब्यवसायीको संस्था बनाउन आग्रह गर्दछु’, कुँवरले भने ‘गठबन्धनलाई आगामी दिनमा अझै बलियो बनाउनु पर्छ ।’ कुँवरले एमालेको पनि सम्मानजनक मत आएको भन्दै हारको रुपमा नलिन आग्रह गरे ।
कुँवर माओवादी कपिलवस्तुका शक्तिशाली नेता हुन् । उनी अहिले बाणगंगा मावि गजेहडामा व्यवस्थापन समितिको अध्यक्ष छन् भने बिभिन्न ब्यापार ब्यवसायमा पनि कुँवर संलग्न छन् ।