मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, सबै प्रत्यक्ष निर्वाचित

माओवादीले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने, सबै प्रत्यक्ष निर्वाचित

अपि टाइम्स

रासस । नेकपा माओवादी केन्द्र १ सय ९९ सदस्यीय हुने भएको छ। काठमाडौंमा जारी विधान अधिवेशनमा प्रतिनिधिहरूले पठाएको सुझावको जवाफ दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १ सय ९९ केन्द्रीय समिति बनाउने र ती सबैको प्रत्यक्ष निर्वाचन गरिने बताएका हुन्।

उपाध्यक्ष पम्फा भूसालको नेतृत्वमा बनेको विधान मस्यौदा समितिले १५१ सदस्यीय केन्द्रीय समिति बनाउन सिफारिस गरेको थियो। केन्द्रीय सदस्यको एक तिहाइ स्थायी कमिटी र ११ जनाको केन्द्रीय कार्यालय बनाउने जानकारी पनि प्रचण्डले बैठकलाई गराएका छन्।

उक्त कार्यालय टिम पदाधिकारी सरह हुने भनिएपछि अरू पदाधिकारी रहने या नरहने भन्नेबारे प्रचण्डले खुलाएनन्। बैठकमा पार्टीको नाम र चुनाव चिह्न पनि फेर्ने प्रस्ताव आएको थियो तर प्रचण्डले अहिले नाम र चुनाव चिह्न भने परिवर्तन नहुने जानकारी गराएका छन्।

काठमाडौंमा मंगलबारदेखि सुरू भएको विधान सम्मेलन बिहीबार सकिँदैछ।