मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा चार बर्षिया बालिकामाथि बलात्कार !

कपिलवस्तुमा चार बर्षिया बालिकामाथि बलात्कार !

अपि टाइम्स

तौलिहवा । कपिलवस्तु नगरपालिका– ९ मा एक ४ बर्षिया बालिका बलत्कृत भएकी छिन । उनलाई छिमेककै १४ बर्षका बालकले बलत्कार गरेका हुन् ।

शुक्रवार साझ ६ बजेतिर घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटना बारे जानकारी गराए पछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पिपराका निरीक्षक गोपाल रायमाझीले बलत्कारको आरोपमा एक जना बालकलाई नियन्त्रणमा लिएको बताए । ओरोपी बालक नाबालक रहेकोले उनको नाम भने सार्बजनिक गर्न नमिल्ने बताए ।

पीडीत बालिकाको बुटवल प्रोदशिक अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा पोजेटिभ देखिएको पीडीत बालिकाका अभिभावले बताए । घटनामा संलग्न बालक बिरुद्ध अभिभावले शनिवार किटानी जोहेरी दिएका छन ।