मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फागुन १२ गते रवि कपिलवस्तु पुग्ने कुरा सत्य हो ? यसअघि २ पटक ठाँटिएको थियो

फागुन १२ गते रवि कपिलवस्तु पुग्ने कुरा सत्य हो ? यसअघि २ पटक ठाँटिएको थियो

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन १२ गते शनिबार कपिलवस्तु जाने भएका छन् । जिल्ला कार्यसमिति कपिलवस्तुले आयोजना गर्ने जिल्लास्तरीय खुला सभालाई सम्बोधन गर्न सभापति लामिछाने कपिलवस्तु पुग्ने कार्यक्रम तय भएको हो । यसअनुसार जिल्लामा प्रचार प्रसार पनि गरिएको छ । खुल्ला सभा बाणगंगास्थित बुद्ध रंगशाला जितपुरमा हुने छ । विहान ११ बजे लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

तर रवि आउने कुरा सत्य हो कि होइन भन्नेमा जिल्लाबासी अन्यौलमा छन् । किनभने यसअघि २ पटकसम्म लामिछाने कपिलवस्तु जाने भनेर हल्ला भएको थियो । तर अन्तिम समयमा बिभिन्न कारण देखाउँदै रवि पुग्न सकेका थिएनन् । यसअघिका पटकपटकका आश्वासन पुरा गर्न नसेकेको भनेर क्षमा मागेका पार्टीका जिल्ला सभापति शिव प्रसाद सुवेदीले यसपटक भ्रममा नपर्न आग्रह गरे । उनका अनुसार यसपटक जसरी पनि पार्टी सभापति आउने छन् ।

बाणगंगा नगर सभापति बुद्धि सागर बेलबासेले पनि पार्टी सभापति आउने निश्चित भएको बताए । लामिछाने आउने खबरले धेरै जिल्लाबासी खुसी भएको उनको भनाई छ । फागुन १२ गतेको कार्यक्रमलाई रास्वपाले शक्ति प्रदर्शन गर्ने सभाको रुपमा लिएको बुझिन्छ ।