मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपराका ‘कृष्ण बहादुर थापा’ माघ महिनाका उत्कृष्ट प्रहरी

पिपराका ‘कृष्ण बहादुर थापा’ माघ महिनाका उत्कृष्ट प्रहरी

अपि टाइम्स

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरामा कार्यरत प्रहरी हवल्दार कृष्ण बहादुर थापा क्षेत्री माघ महिनाको उत्कृष्ट प्रहरी बन्न सफल भएका छन् ।

कपिलवस्तु जिल्लामा कार्यरत प्रहरीको मुल्यांकन गर्दा थापा सबैभन्दा अब्बल काम गर्ने प्रहरी रहेको भन्दै जिल्ला प्रहरी कार्यालयले प्रसंसापत्रसहित सम्मान गरेको हो ।

उत्कृष्ट हुनको लागि थापाले प्रहरी सेवामा इमान्दार र कर्तव्यनिष्ठ रही कार्यसम्पदान गरिरहेको जिल्ला प्रहरी कार्यालय बताउँछ ।
प्रहरीको हौसला बढाउन कपिलवस्तुमा हरेक महिना उत्कृष्ट प्रहरी घोषित गर्ने कार्य भइरहेको छ ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक गोपाल जंग रायमाझीले आफ्नो कमाण्डमा रहेका थापाको कार्यसम्पादनले आफू पनि प्रभावित भएको बताउँदै सबैलाई उत्साहित भएर काम गर्न आग्रह गरे ।