मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अतहर कमाल भन्छन् ‘बाणगंगामा एमाले नेतृत्व आएपछि शिक्षामा निरन्तर प्रहार छ’

अतहर कमाल भन्छन् ‘बाणगंगामा एमाले नेतृत्व आएपछि शिक्षामा निरन्तर प्रहार छ’

अपि टाइम्स

कपिलवस्तु । पुर्व संविधान सभा सदस्य अतहर कमाल मुसलमानले बाणगङ्गामा एमालेले जितिसकेपछि निरन्तर शिक्षामा प्रहार भैरहेको बताएका छन् । अब बाणगंगा सहित सिङ्गो जिल्ला र राष्ट्रको शिक्षामा गुणस्तर वृद्धि गर्नको लागि नेपाल शिक्षक संघले महत्वपुर्ण कदम चाल्न आवश्यक रहेको उनले बताए ।

शनिवार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा भएको नेपाल शिक्षक संघ बाणगङ्गाको पाँचौ नगर प्रतिनिधि सभाको उद्घाटन गर्दै कमालले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने उद्देश्यले स्थापना भएको संस्थालाई अब सबै शिक्षकहरु मिलेर मजबुत बनाउन आवश्यक रहेको बताए । आफुहरु संघको साथमा रहेको भन्दै नगरपालिकालाई दबाब दिन उनको आग्रह छ ।

अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै नगर समिति अध्यक्ष राम प्रसाद भण्डारीले नेपाल शिक्षक संघ र बाणगङ्गा नगर समितिको स्थापना र यसको विकासको बारेमा बताए । नेपाल शिक्षक संघ विशुद्ध शिक्षकहरुको अधिकार र क्षमता विकास गर्ने उद्देश्यले स्थापना भएको भण्डारीको भनाई छ ।

कार्यक्रममा जिल्ला सचिव शक्ति सिंह ठकुरी, नगर अध्यक्ष विष्णु थापा, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष दधिराम न्यौपाने, प्रदेश सदस्य कुलराज पौडेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, नवयुग शिक्षक पेशागत सहकारीका अध्यक्ष गोविन्द पोख्रोल, अवकास प्राप्त शिक्षक ज्ञान प्रसाद पाण्डे लगायतको सहभागिता थियो । कार्यक्रम नेपाल शिक्षक संघ बाणगङ्गा नगर समिति उपाध्यक्ष मिना कुमारी चौधरीको स्वागत तथा सचिव माधव घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।