मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुध तथा दुग्ध उत्पादनहरूको आयातमा सरकारले रोक लगायो

दुध तथा दुग्ध उत्पादनहरूको आयातमा सरकारले रोक लगायो

अपि टाइम्स

काठमाडौँ । सरकारले बाह्य मुलुकबाट दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार दुग्धजन्य पदार्थ पैठारीमा रोक लगाएको हो ।

दुध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत (उद्योगको समेत) सोही रूपमा हुन नसकेको तथा वाह्य मुलुकमा सम्भाव्य वस्तुको निर्यात हुन नसकेको र निरन्तर आयातको कारणले आन्तरिक दुध तथा दुग्ध जन्य पदार्थको मौज्दात भएकाले अर्को निर्णय नभएसम्मका लागि आयात स्थगित गरिएको मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चिल्लो हटाइएको दूध (स्कीम्ड मिल्क)को पैठारीमा पूर्ण रोक लगाइएको छ । यस्तै चिनी वा अन्य गुलियो पदार्थ नहालिएको ९डब्लुएमपी० को पैठारीमा पनि पूर्णरुपमा रोक लगाइएको छ ।

यस्तै अन्यमा डेरी ह्वाइटेनर, स्किम्ड मिल्क पाउडर र होल मिल्क पाउडरमा रोक लगाइएको छ भने ह्रे र परिवर्तित ह्रे जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेकोमा पनि पैठारीमा पूर्ण रोक लगाइएको छ ।

यस्तै नौनी बटर, घ्यू, छुर्पी, प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज र भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिज आयातामा पनि पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।