मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनाइटेड हस्पिटलमा पहिलोपटक हात-खुट्टा विषेश शिविर, कृत्रिम हातखुट्टाबारे के छ ?

युनाइटेड हस्पिटलमा पहिलोपटक हात-खुट्टा विषेश शिविर, कृत्रिम हातखुट्टाबारे के छ ?

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित युनाइटेड नेश्नल हस्पिटलमा पहिलोपटक हात खुट्टा विषेश शिविर हुने भएको छ ।

आगामी चैत्र २३ गते शिविर संचालन हुन लागेको अस्पतालले जानकारी दिएको हो । हातखुट्टा बाङाटिङ्गो भएका , घुडामा समस्या भएका र कृत्रिम हातखुट्टा राख्नुपर्ने हरुले अग्रिम नाम बुकिङ गर्न अस्पतालले आह्वान गरेको छ । समयमा नाम टिपाउनेको लागि यो विशेष सेवा पाउन सक्ने अस्पतालका प्रबन्ध निर्देशक सुन्दर आचार्यले जानकारी दिए ।

शिविरमा विशेषज्ञ डाक्टरबाट जाँच भई आवश्यक परामर्श दिइने आचार्यले बताए । कृत्रि हात खुट्टा राख्न चाहनेको लागि पनि मौका भएको उनको भनाई छ ।

अस्पतालका अध्यक्ष मुनाराम चालिसेले यो मौकाको फाइदा उठाउन आग्रह गरे । यस विषयमा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि सामाजिक संजालमार्फत् जानकारी दिएका छन् । युनाइटेड हस्पिटल विशेषज्ञहरुबाट सेवा दिइने कपिलवस्तुकै सुविधासम्पन्न हस्पिटलको रुपमा चिनिन्छ ।