मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको महासमिति बैठकस्थल, यस्तो छ चहलपहल

कांग्रेसको महासमिति बैठकस्थल, यस्तो छ चहलपहल

अपि टाइम्स

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरू हुँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन गर्दैछन्।

महासमिति बैठकका लागि बैठकस्थलको तयारी लगभग पूरा भएको छ। अहिले बैठकस्थलमा प्रतिनिधिहरू आउने क्रम जारी छ।

तीन दिनसम्म चल्ने महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार सात सय ८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुनेछन्।

सभापति देउवाले महासमिति बैठकको उद्घाटन गरेलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन्।

ती प्रस्तावहरूमा चार वटा समूह बनाएर छलफल हुने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए। चार समूह हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुनेगरी बनाइने उनले बताए। बैठकमा करिब २ हजार ३ सय सदस्य उपस्थित हुने छन्।