मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगामा कुर्चिको अवैध कारोबार गर्ने गिरोहको अखडा, छापा मार्दा यस्तो भेटियो

वाणगंगामा कुर्चिको अवैध कारोबार गर्ने गिरोहको अखडा, छापा मार्दा यस्तो भेटियो

अपि टाइम्स

कपिलवस्तु । प्लाष्टिकका कुर्चिको अवैध कारोवार गर्ने गिरोहमाथि ईलाका प्रहरी कार्यालय पिपराले छापा मारेको छ । वाणगंगा नगरपालिकाको वडा नम्बर ४ ठाकुरापुरको एक घरको कोठालाई अखडा बनाएर प्लाष्टिकका कुर्चिको अवैध कारोबार गरेको सुचनाको आधारमा प्रहरीले छापा हानेको हो ।

छापाको क्रममा ठुलो परिमाणमा कुर्चि, कुर्चि बोक्न प्रयोग हुन साइकल पनि प्रहरीले बरामद गरेको घटनास्थलमा रहेका स्थानीयले अपिटाइम्सलाई जानकारी दिए । समाचार श्रोतका अनुसार अवैध कारोबारमा ठुलै गिरोह नै संलग्न छ । उनीहरुले बाहिरबाट अवैध ढंगबाट कुर्चिहरु ल्याएर साइकलमार्फत् गाउँगाउँमा लगेर बेच्ने गरेका थिए ।

घटनास्थलबाट अहिले ६ जनालाई पक्राउ गरिएको र उनीहरुको १५ १७ जनाकै टोली रहेको हुन सक्ने प्रहरीले बताएको स्थानीयले अपिटाइमसलाई बताए ।

यसबारे अनुसन्धान भइरहेकाले विस्तृत जानकारी पछि दिने प्रहरीले जनाएको छ ।

कहिलेदेखि यस्तो कारोबार हुन थालेको थियो भन्ने अझै खुलेको छैन । वाणगंगामा कुर्चिको मात्र नभएर अन्य सामानको पनि यसैगरी कारोबार हुँदा बयापारीहरु मर्कामा पर्ने गरेका छन् । खुला सिमानाकाका कारण यस्तो समस्या रहेको ब्यापारी बताउँछन् ।