मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साइकलमा कुर्सिको ‘धरहरा’ बनाई हिँडेका ब्यक्ति यसरी च्याप्प समातिए

साइकलमा कुर्सिको ‘धरहरा’ बनाई हिँडेका ब्यक्ति यसरी च्याप्प समातिए

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । साइकलभरी प्लाष्टिकका कुर्सिको धरहरा बनाएर आइतबार एकजना ब्यक्ति बाणगंगामा डुलिरहेका थिए । दिउसो करिब २ बजेतिर बाणगंगा अटो ट्रेडर्स अघि आएका उक्त ब्यक्तिलाई कुर्सि किन्ने उद्धेश्य राखेर सोही स्थानमा बसेका एक जना ब्यवसायीले बोलाए ।

त्यसपछि कुर्सि किन्ने विषयमा कुराकानी सुरु भयो । ब्यवसायीले कुर्सिको मुल्य पनि सोधे । त्यसक्रममा ती ब्यक्तिले ४ वटा कुर्सिको मुल्य ३५ सय बताए । सुरुमा मुल्य सुन्दा अपत्यारिलो लाग्यो । त्यसपछि ब्यवसायीले ती ब्यापारीमाथि शंकाको सुविधा राखेर थप बुझ्न खोजे । कुर्सि ब्यापारीसंग बिल पनि मागियो । परिचय पत्र मागियो । परिचय पत्र माग्दा ती ब्यापारीसंग मवी अहमद नाम गरेको भारत सरकारले दिएको एउटा कार्ड पनि भेटियो । उनी उत्तर प्रदेशका रहेछन् ।

ब्यवसायीले जे शंका लागेर ब्यापारीसंग कुर्सि किन्ने निहुँ बनाएका थिए आखिर त्यहि भयो । नत उनले बिल देखाउन सके, नत ती सामान बैध हुने अरु कागज पत्र नै भेटिए । त्यसपछि ब्यवसायीले इलाका प्रहरी कार्यालयका प्रहरीलाई खबर गरे ।
लगत्तै प्रहरी पनि आयो र थप सोधपुछ गर्यो । सोधपुछ गर्ने क्रममा ती साइकल ब्यापारी अवैधजस्ता ठहरिए । आवश्यक सोधपुछपछि प्रहरी नीरिक्षक गोपालजंग रायमाझीको कमाण्डमा टोली ब्यापारीसंगै कुर्सि रहेको गोदाममा पुगे ।

त्यो ठाउँ थियो वडा नम्बर ४ ठाकुरापुरको एक घर । केहि पुलिस, ब्यवसायी मवीसंगै सटरसहितकाडेराभित्र पुगेर कोठामा छापा मार्न थाल्यो । भित्र हेर्दा कुर्सिका खातैखात भेटिए । गन्दा ६३३ वटा भए । मवी र उनको समुहले सटरसहितका २ कोठा भाडामा लिएर कारोबार सुरु गरेका रहेछन् । त्यहाँ कुर्सी बेच्‍नका लागि प्रयोग गरिएका ६ वटा साइकल पनि भेटिए ।

ती सबैको कुनै बिल पनि थिएन ब्यापारीसंग । अनि प्रहरीले साइकल र कुर्चि जफत गरी थप अनुसन्धानको लागि बाणगंगा नगरपालिकालाई बुझाएको छ । मवी प्रहरीको नियन्त्रणमा छन् ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपालजङ्ग रायमाझीका अनुसार कुर्सी बेच्‍ने ब्यापारी मुख्य ब्यापारी भने होइनन् । मुख्य व्यापारी नभेटिए पनि ती कुर्सी कर छलि गरी ल्याइएका आसंका गरिएको छ ।
कुर्सीको बिल रुपन्देहीको भएको ब्यापारीले बताएका रायमाझीले बताए । बिल कुन कम्पनी र फर्मको हो त्यो भने पत्ता लागेको छैन । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नीरिक्षक रायमाझी बताउँछन् ।

। भर्खर मात्र बाणगंगामा कुर्सिको अवैध कारोबार सुरु गरेकाले धेरै क्षति हुन नपाएको स्थानीय ब्यवसायी बताउँछन् ।
यससंग रुपन्देहीसम्मकै ठुलो गिरोह संलग्न रहेको हुन सक्ने भएकाले जरोसम्म पुग्न ब्यवसायीले प्रहरीसंग माग गरेका छन् । प्रहरी नियन्त्रणमा रहेका मविले पनि यसको मुख्य कारोबारीबारे मुख खोल्न सकेका छैनन् ।

प्रहरीले यसबारे अनुसन्धान गरेर मुख्य नाइकेसंग पुगी अवैध् ठहरिए संलग्नलाई आवश्यक कारबाही गर्ने जनाएको छ । यी र यस्ता विषयमा जनप्रतिनिधि पनि चनाखो बन्नु पर्ने स्थानीय बताउँछन् । गाउँगाउँमा यस्ता प्रकृतिका धेरै अवैध् कारोबारी रहेको हुँदा स्थानीय सरकारले निगरानी राख्नु पर्ने उनीहरुको भनाई छ ।