मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेडियो मायादेवीकर्मी खरेलले जन्मदिनमा चारनम्बर चोकमा राखे राष्ट्रिय झण्डा

रेडियो मायादेवीकर्मी खरेलले जन्मदिनमा चारनम्बर चोकमा राखे राष्ट्रिय झण्डा

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाका बासिन्दा तथा रेडियो मायादेवीमा कार्यरत संचारकर्मी विष्णु खरेलले फरक तरिकाले जम्दिन मनाएका छन् ।

जन्मोत्सवको अवसरमा खरेलले कपिलवस्तु जिल्लाकै केन्द्र र महत्वपूर्ण ठाउँ चार नम्बर चोकमा नेपालको राष्ट्रिय झण्डा फहराएर नयाँ छनक देखाएका हुन् । संयोगले खरेलको जन्मदिनमा ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस पनि परेको थियो । उनको यो कामलाई धेरैले रचनात्मक मानेका छन् ।

केक काट्नु, वृक्षरोपण गर्नु, आश्रममा भण्डारा लगाउनु सबै पुराना कार्य भइसकेको र प्रजातन्त्र दिवस पनि परेकाले झण्डाको सोँच बनेको उनले उल्लेख गरे । चारनम्बर चोक सबै हिसाबले सुन्दर भए तापनि राष्ट्रिय झण्डा नभएर खल्लो लागेपछि यस्तो सोच बनेको उनले बताए ।

अहिले सन्देशको लागि सानै झण्डा राखेपनि पछि अझै ठुलो झण्डा राख्ने सोँच रहेको उनले बताए । एक समारोहबीच भएको कार्यक्रममा रेडियोका स्टेसन म्यानेजर पिताम्बर घिमिरे, कर्मचारी, सहयोगी लगायत २५ जनाको सहभागिता थियो । कार्यक्रमको संचालन पत्रकार चेतन विष्टले गरेका थिए ।