काठमाडौँ । दसैँअघि खाद्यान्न र तलब भत्ता लगायतमा प्रतिवद्ध खर्चको भुक्तानी नरोक्न अर्थ मन्त्रालयले पत्र लेखेको छ। भुक्तानी दिने कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन जारी गर्दै अर्थले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखेको हो। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रको कार्यालयलाई सम्बोधन गरेर बिहिबार पत्र लेखेको हो। कोष तथा लेखा नियन्त्रको कार्यालयहरु महालेखा…