काठमाडौं । काठमाडौंको बालुवाटार क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदर्शन गर्ने भनेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले विभिन्न स्थानमा निषेधित क्षेत्र लेखेर ब्यारिकेड लगाएको छ। ती क्षेत्रमा हिँड्डुल गर्ने सर्वसाधारणलाई पनि प्रहरीले सोधपुछ गरिरहेको हो। रास्वपाका कार्यकर्ताहरू निषेधित क्षेत्रमा प्रवेश गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइरहेको छ। अहिले रास्वपाले बालुवाटारको भाटभटेनी क्षेत्रमा प्रदर्शन गरिरहेको…