मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराएका हुन् । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्कीलाई प्रधानमन्त्री प्रचण्डले शपथ ग्रहण गराएका हुन् । कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए । उनी जसपाबाट मन्त्री बनेका हुन् ।