बाणगंगा । बाणगंगा नगरपालिकामा विकास भएन भनेर विरोध गर्नेहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले 'मानसिक समस्या' भएका ब्यक्तिको ट्याग दिएका छन् । आफू र नगर प्रमुख चक्र अर्यालले विगारे भन्नेमा मानसिक समस्या हुन सक्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि पन्थीले त्यस्तो अभिब्यक्ति दिएका हुन् । उनले बाणगंगा र कपिलवस्तुमा विकासको मूल नै फुटेको बताएका थिए…