काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मुख्यमन्त्री र संघीय मन्त्रीलाई एउटै मर्यादाक्रममा राख्ने प्रस्ताव गरेको छ । सोमबार समितिबाट पारित ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ मा मुख्यमन्त्री र नेपाल सरकारका मन्त्रीलाई ८ औं नम्बरमा राखिएको छ । तर मुख्यमन्त्रीभन्दा अगाडि नेपाल सरकारका मन्त्रीलाई राखिएको छ । गृहमन्त्रालयका सहसचिव एवं मर्यादा शाखा प्रमुख तुलसी श्रेष्ठका अनुसार…