काठमाडौं । सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपील गरेको छ । सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा सुसम्बन्धमा खलल…