शरीरभित्र उर्जा बढाउने योगका शक्तिशाली तीन बन्ध जसको अभ्यासले Immune System लाई बढाउन मद्दत गर्दछ । १-मूल बन्ध मूलाधार प्रदेश (मलद्वार तथा गुप्तांगको बीचको भाग)लाई माथितिर तानी रहनुलाई मूलबन्ध भनिन्छ। मलद्वारलाई खुम्च्याउनाले अपान स्थिर रहन्छ। वीर्यको प्रवाह तल्लो तहतीर रोकिएर स्थिरता आउंछ। प्राणको अधोगति रोकिएर उर्ध्व गति हुन्छ। मूलाधारमा रहेको कुण्डलिनीमा मूलबन्धले चैतन्यता उत्पन्त हुन्छ।…