मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललिता निवासको जग्गाभित्रका संरचना हटाउन चेतावनीसहित निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ । आइतबार बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो । अन्यथा महानगर आफैँले हटाउने चेतावनीसमेत दिइएको छ ।