बुटवल । अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ । आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।…