काठमाण्डौँ । निरन्तर टुटफुटको तनाव व्यहोर्दै आएका पूर्वका जातीय पहिचानवादी दलहरूभित्रको समस्या पुनः बल्झिएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष र महासचिवलगायतले अध्यक्ष कुमार लिङ्देनलाई कारबाही गरेका छन्। असन्तुष्टहरूले नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको उद्घोष गरेपछि मञ्चमा फाटो आएको हो। यद्यपि, अध्यक्ष लिङ्देनले भने आफूलाई अध्यक्षबाट हटाइएको घोषणा अवैधानिक र हास्यास्पद भएको तर्क गरेका छन्।…