काठमाडौँ । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही वैशाख २१ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा उनले वैशाख २१ गतेबाट सुरु हुने गरी प्रदेशसभा बैठक आह्वान गरेका हुन् । शुक्रबार मुख्यमन्त्रीको सपथ लिएका सुरेन्द्रप्रसाद पाण्डेले विश्वासको मत लिने तयारीसँगै मन्त्रिपरिषद्ले प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको हो। आफूसहित दुई विना विभागीयमन्त्री नियुक्त गरेका…