काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि विवाद भयो । अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ । सडकस्थलमा नेपाल प्रहरी पनि तैनाथ छन् । सडक डिभिजनले पेलेर गए हातमा दही समाएर नबस्ने रणनीतिमा महानगरीय प्रहरी रहेका देखिन्छन्…