काठमाडौँ । तराईका विभिन्न जिल्लामा ‘लु’ (तातो हावा) चल्न थालेको छ । एक सातायता वर्षा नहुँदा र वनजंगलमा डढेलो बढेसँगै भैरहवा, सिमरा, जनकपुरलगायत क्षेत्रको तापक्रम ‘लु’को अवस्थामा पुगेको हो । आइतबार तराईका पाँच ठाउँको अधिकतम तापक्रम ३८ डिग्री नाघेको छ । भैरहवामा अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस मापन हुँदा जनकपुरमा ४०.२ डिग्री पुगेको छ । धनगढीमा ३८.५, नेपालगन्जमा ३८.४…