बुटवल । स्थानीय तहका रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा रिक्त रहेका ६ पदमा तीन ठूला दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । रिक्त ६ पदमा यसअघिको निर्वाचनमा नेपाली कांग्रेसबाट ४ जना र माओवादीबाट २ जना निर्वाचित भएका थिए । ती सबै पदमा नेकपा एमालेले उम्मेदवार टुङ्गो लगाइसकेको छ भने नेपाली कांग्रेस…