कपिलवस्तु । रुस युक्रेन युद्धको क्रममा मारिनेमा कपिलवस्तुका एक युवा पनि परेका छन् । बाणगंगा नगरपालिका–१ मन्द्रेलीटोल निवासी २४ वर्षीय रूपक कार्की युक्रेनी फौजको आक्रमणमा परेर ज्यान गुमाएका थाहा भएको हो । रुपक २०७९ जेठ २५ गते काठमाडौंबाट रुसका लागि उडेका थिए । बागबजारको ड्रिम इन्टरनेसनल कन्सल्टेन्सीमार्फत उनी वैदेशिक रोजगारी र अध्ययनका लागि रुस गएको पिता…